Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सुनसरीमा नक्कली नोटसहित २५ वर्षीय युवक पक्राउ

सुनसरीमा नक्कली नोटसहित २५ वर्षीय युवक पक्राउ

आर्थिक पत्र
बिहिवार, माघ २२ २०८२
  • काठमाडौँ । हरिनगर गाउँपालिका–१ स्थितबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ एक हजार दरका २८ थान नोटसहित एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा इनरुवा नगरपालिका–१० का २५ वर्षीय बहिस मियाँ रहेका छन्। प्रहरीले जानकारी दिएको अनुसार, मियाँले माघ २१ गते राति हरिनगर–१ स्थित एक किराना पसलमा सामान खरिद गर्दा नक्कली नोट दिएका थिए।

    पसलधनीको सूचना अनुसार प्रहरी चौकी भुटाहाबाट खटिएको टोलीले मियाँलाई नियन्त्रणमा लिई शरीर खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनको साथबाट नक्कली नोट बरामद भएको छ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीले मियाँमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार