Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेप्सेमा २७.१९ अंकको वृद्धि, ११ अर्ब ५८ करोड माथिको कारोबार

नेप्सेमा २७.१९ अंकको वृद्धि, ११ अर्ब ५८ करोड माथिको कारोबार

आर्थिक पत्र
बिहिवार, माघ २२ २०८२
  • काठमाडौ । साताको अन्तिम कारोबार दिन विहीबार सेयरबजारमा चमक आएको छ । आज नेप्से २७.१९ अंकले बढेर २ हजार ७०८.७० विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३२६ कम्पनीका सेयर कारोबार भएको छ ।

    यी मध्ये २०१ कम्पनीका सेयरमूल्य बढेका छन् भने ५५ कम्पनीका सेयरमूलयमा गिरावट आएको छ । आज कुल ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ताा सेयर ११ अर्ब ५८ करोड २८ लाख ९४ हजार रुपैयाँमा किनबेच भएको छ ।
     
    कारोबार रकम बुधबारको तुलनामा ५४ प्रतिशतले बढी हो । बुधबार ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार रुपैयाँ बराबरका सेयर किनबेच भएको थियो । आज सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक बाहेक सबै समूहका परिसूचक सकारात्मक रहेका छन् ।
     
    सबैभन्दा धेरै निर्जीवन बीमा तथा अन्य समूहका परिसूचक समान १.९८ प्रतिशतले बढेको छ । कालिञ्चोक दर्शन लिमिटेड, सुपर माइृ हाइड्रोपावर लिमिटेड तथा मोदी इनर्जी लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाउका छन् । सबैभन्दा बढी गुमाउनेमा भने सुपर मादी हाइड्रोपावर, मेगा म्युचुअल फण्डका लगानीकर्ता तथा मायाँखोला हाइड्रोपावर कम्पनीका सेयरधनी रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार