Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

वाणिज्य विभागद्वारा १९ फर्ममा छापा, दुई वटालाई कारबाहीमा

वाणिज्य विभागद्वारा १९ फर्ममा छापा, दुई वटालाई कारबाहीमा

आर्थिक पत्र
शुक्रवार, माघ २३ २०८२
  • काठमाडौँ । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कैफियत भेटिएपछि दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ।

    विभागका अनुसार काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित श्रेष्ठ खाद्य स्टोरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ। यस्तै, टोखा नगरपालिका–७ मा सञ्चालनमा रहेको घिमिरे रिजन किनारा स्टोर्सलाई पनि १० हजार रुपैयाँ नगद जरिवाना गरिएको विभागले जनाएको छ।

    त्यसैगरी, ब्लास्ट फेसन कलेक्सनलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। विभागले अनुगमनका क्रममा थप १७ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार