Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

खानेतेल र ग्यासको कृत्रिम अभाव बढेपछि बजारमा विभागको कडा अनुगमन

खानेतेल र ग्यासको कृत्रिम अभाव बढेपछि बजारमा विभागको कडा अनुगमन

आर्थिक पत्र
मंगलवार, माघ २७ २०८२
  • काठमाडौँ । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत अत्यावश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव देखिन थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुगमन तथा निरीक्षणलाई तीव्रता दिएको छ।

    विभागका अनुसार उपभोक्तालाई दैनिक आवश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता तथा सेवाप्रदायक फर्म–प्रतिष्ठानहरूमा निरन्तर संयुक्त बजार अनुगमन अघि बढाइएको छ। यस कार्यमा अन्य सम्बन्धित निकायको समेत सहयोग लिइएको विभागले जनाएको छ।

    उपभोक्तालाई राहत दिने उद्देश्यका साथ उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारीमा संलग्न व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन प्रभावकारी अनुगमन भइरहेको विभागको भनाइ छ। पछिल्ला दिनमा विशेषगरी खाना पकाउने ग्यासको अभाव देखाउँदै उपभोक्तालाई दुःख दिने गतिविधि बढेको भन्दै विभागले कानुनविपरीतका काम गर्नेहरूलाई कारबाही गरिएको जनाएको छ।

    विभागले प्रचलित कानुनविपरीत कुनै पनि क्रियाकलाप भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थामाथि कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ। नेपाल आयल निगमले भने बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज रहेको दाबी गर्दै आएको छ। तर, उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढ्दै गएपछि विभाग सक्रिय बनेको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार