Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपालले म्यानमारका दुई धार्मिक सम्पदाको पुनर्निर्माणमा साढे तीन लाख डलर सहयोग

नेपालले म्यानमारका दुई धार्मिक सम्पदाको पुनर्निर्माणमा साढे तीन लाख डलर सहयोग

आर्थिक पत्र
मंगलवार, फाल्गुण ५ २०८२
  • काठमाडौं । नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यानमारका दुई प्रमुख धार्मिक स्थलको पुनर्निर्माणका लागि तीन लाख ५० हजार अमेरिकी डलर सहयोग गरेको छ।

    म्यान्मारमा रहेका यी धार्मिक स्थलहरूमा सहयोग हस्तान्तरण गर्दै नेपालका लागि राजदूत हरिश्चन्द्र घिमिरेले मण्डले सहरको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित महामुनी पगोडा परिसरमा आयोजित समारोहमा पगोडाका महासचिव थान उलाई तीन लाख अमेरिकी डलरको चेक प्रदान गरे।

    साथै, म्यानमारमा बसोबास गर्ने नेपाली समुदायको महत्वपूर्ण धार्मिक स्थल गङ्गाघाट हिन्दू मन्दिरको पुनर्निर्माणका लागि ५० हजार अमेरिकी डलरको चेक मन्दिरका अध्यक्ष पवन बजोरियालाई हस्तान्तरण गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार