Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रा सहित स्वीडिस नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रा सहित स्वीडिस नागरिक पक्राउ

आर्थिक पत्र
बुधवार, फाल्गुण १३ २०८२
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा ठूलो परिमाणमा विदेशी मुद्रा फेला परेपछि एक जना स्वीडिस नागरिक पक्राउ परेकी छन्।

    पक्राउ पर्नेमा ५१ वर्षीया कुन्चोक खान्द्रो रहेकी छन्। उनी मंगलबार बिहान सिचुवान एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट चीन जान लागेकी थिइन्।

    विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको ब्यागबाट अमेरिकी डलर १० हजार ५००, युरो २६ हजार ७००, चिनियाँ युआन ७ हजार ४०० र स्विडेनको मुद्रा ४३ हजार (फेम हुन्द्रा क्रोनोर) बरामद गरेको जनाएको छ। उक्त रकम नेपाली ७० लाख रुपैयाँ हाराहारीमा हुन आउँछ।

    उक्त घटनाबारे थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनलाई ललितपुरको पुलचोकस्थित हरिहरभवनमाम रहेको राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार