Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

चुनावका लागि चीनबाट ५८ करोड अनुदान लिने, यस्ता छन् मन्त्रिपरिषद्का २५ निर्णय

चुनावका लागि चीनबाट ५८ करोड अनुदान लिने, यस्ता छन् मन्त्रिपरिषद्का २५ निर्णय

आर्थिक पत्र
बुधवार, फाल्गुण १३ २०८२
  • काठमाडौं । सरकारले चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उपलब्ध गराइने प्रस्तावित ४ मिलियन अमेरिकी डलर (करिब ५८ करोड १६ लाख रुपैयाँ) बराबरको नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

    फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान स्वीकार गर्ने औपचारिक निर्णय गरेको हो । सरकारका अनुसार निर्वाचन व्यवस्थापन, आवश्यक सामग्री खरिद तथा प्राविधिक तयारीमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग प्रदान गरिनेछ ।

    यसैगरी, मन्त्रिपरिषद्ले चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रमअनुसार बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार