Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

काठमाडौँमा सार्वजनिक ठाउँमा भेला भएर होली मनाउन निषेध

काठमाडौँमा सार्वजनिक ठाउँमा भेला भएर होली मनाउन निषेध

आर्थिक पत्र
शुक्रवार, फाल्गुण १५ २०८२
  • काठमाडौँ । होलीको दिन काठमाडौँमा सार्वजनिक स्थान र खुला सडकमा भेला भएर होली पर्व मनाउन निषेध गरेको छ । फागुन १८ मा नेपालीहरूले मनाउन लागेको रङहरूको पर्व फागु पूर्णिमा (होली) बारे सूचना प्रकाशन गर्दै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक ठाउँमा होली खेल्न प्रतिबन्ध लगाइएको जानकारी दिएको हो ।

     फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै आफ्नो घर कम्पाउन्डमा मात्रै होली खेल्न स्थानीय प्रशासनले आग्रह गरेको छ । यसअघिका वर्षहरूमा जिल्ला प्रशासन कार्यालयले ठमेल, दरबारमार्ग र वसन्तपुर लगायतका स्थानमा होलीको अवसरमा साङ्गीतिक कार्यक्रम गर्न अनुमति दिने गरेको थियो ।यस वर्ष मञ्च बनाएर साङ्गीतिक कार्यक्रम गर्न रोक लगाएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए । मादक पदार्थको सेवन र बिक्री वितरणमा पनि स्थानीय प्रशासनले रोक लगाएको छ ।

    त्यस्तै, होली खेल्दा राजनीतिक दलको चुनाव चिन्ह र उम्मेदवारका तस्बिर कित भेष्ट, टिसर्ट, कमिज र गम्छा जस्ता कपडा प्रयोगमा स्थानीय प्रशासनले पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । 

     
     

    Holi Suchana 11.15 (2082)

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार