Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बीमा प्राधिकरणको अध्यक्ष चयन नयाँ सरकारले गर्छः अर्थमन्त्री

बीमा प्राधिकरणको अध्यक्ष चयन नयाँ सरकारले गर्छः अर्थमन्त्री

आर्थिक पत्र
सोमवार, चैत्र २ २०८२
  • काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष चयन नयाँ सरकारले गर्ने अर्थमन्त्री रामेश्वर खनालले बताएका छन् ।

    नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा सरकारी पदाधिकारीहरुमार्फत हुँदै आईरहेको छ, सकेसम्म बीमा क्षेत्रले पनि नयाँ नेत्तृव चाडौं पाओस् भन्ने हाम्रो अपेक्षा हो । लामो समयदेखि लम्बिरहेको अध्यक्ष पदको जिम्मेवारी आगामी सरकारको भागमा नै पर्ने उनले बीमापोष्टलाई बताएका छन् ।

    अब आउने सरकारले बीमा प्राधिकरणको अध्यक्षको नयाँ नेत्तृव काम गर्न सक्ने र सक्षम व्यत्तिलाई चयन गर्नेछ भन्ने अपेक्षा राखेको छु, खनालले भने ।

    बीमा बीमा ऐन २०७९ को दफा ७ को प्रावधान अनुसार सरकारले ऐनले तोके बमोजिम निश्चित समयमा प्राधिकरणको अध्यक्ष नियुक्तिको निर्णय गरि सक्नुपर्छ।

    बीमा ऐन २०७९ ले सामान्य अवस्थामा नेपाल बीमा प्राधिकरणको अध्यक्ष पद रिक्त नहुने परिकल्पना गरेको छ। अर्थात प्राधिकरणको अध्यक्ष पदमा अविच्छिन्नरूपमा कोही न कोही पदासिन रहने परिकल्पना ऐनको छ । त्यसैले एउटा अध्यक्षको कार्यकाल पुरा हुनु एक महिना अगावै अर्को अध्यक्ष नियुक्त भई सक्नुपर्ने व्यवस्था ऐनले गरेको छ। यो बर्ष बीमा प्राधिकरणको इतिहासमै पहिलोपटक एक बर्ष एक दर्जन अध्यक्ष फेरिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार