Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

स्रोत नखुलेको १० लाख रकमसहित चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको १० लाख रकमसहित चिनियाँ नागरिक पक्राउ

आर्थिक पत्र
मंगलवार, चैत्र ३ २०८२
  • काठमाडौँ । प्रहरीले काठमाडौँको ठमेलबाट स्रोत नखुलेको १० लाख नगदसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५३ वर्षीय चिनियाँ नागरिक तान जियाङ छन् । अन्तरदेशीय रकम लेनदेन (हुण्डी कारोबार) गरेको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले  बताए ।

    चीनको हुवान घर भएका जियाङ आइतबार पक्राउ परेका हुन् । उनको साथबाट १० लाख नगद बरामद गरेर थप अनुसन्धान र कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसएसपी खड्काले जानकारी दिए ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार