Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ

आर्थिक पत्र
शुक्रवार, चैत्र ६ २०८२
  • वीरगञ्ज । पर्साको वीरगञ्ज भन्सार क्षेत्रबाट स्रोत नखुलेको २० लाख नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    सशस्त्र प्रहरीले शुक्रबार बिहान वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटबाट वीरगञ्ज–१७ अलौका ५० वर्षीय विनयशंकर साह तुरहालाई पक्राउ गरेको हो।

    सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जको चेकपोष्ट टोलीले विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा २० लाख रकम फेला पारेको थिय।

    बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकमा २० लाख रुपैयाँ लुकाएर राखेको अवस्थामा फेला परेको र बरामत रकमध्ये २० लाख २५० रुपैयाँ नेपाली तथा ६०० रुपैयाँ भारतीय नोट रहेका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार