Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

मागको चापसँगै ग्यास आयातमा उछाल, बजारमा अभाव भने कायमै

मागको चापसँगै ग्यास आयातमा उछाल, बजारमा अभाव भने कायमै

आर्थिक पत्र
सोमवार, चैत्र ९ २०८२
  • काठमाडौँ । बढ्दो माग, अन्तर्राष्ट्रिय आपूर्ति दबाब र उपभोक्ता असन्तुष्टिकोबीच नेपाल आयल निगमले फागुन महिनामा खाना पकाउने ग्यास (एलपीजी) आयातलाई उल्लेख्य रूपमा बढाएको छ। निगमले विगत तीन महिनाकै उच्च परिमाणमा ग्यास भित्र्याए पनि बजारमा सहज आपूर्ति हुन नसक्दा उपभोक्ता अझै मारमा परिरहेका छन्।

    भन्सार विभागको तथ्याङ्कअनुसार फागुन महिनामा मात्रै ५१ हजार १९२ टन ग्यास आयात भएको छ, जुन पछिल्ला महिनाहरूको तुलनामा उल्लेखनीय वृद्धि हो। यसअघि पुष महिनामा ४७ हजार ४६० टन र माघमा ४६ हजार २८५ टन ग्यास आयात गरिएको थियो।  मागको चाप व्यवस्थापन गर्न निगमले आपूर्ति बढाउन खोजेको छ तर त्यसको प्रत्यक्ष प्रभाव बजारमा अपेक्षित रूपमा देखिएको छैन।

    गत वर्षको सोही अवधिसँग तुलना गर्दा पनि यस वर्षको आयात दर असाधारण रूपमा उच्च देखिएको छ। गत वर्ष फागुनमा मात्र ३ हजार ४३८ टन ग्यास आयात भएको थियो, जसको तुलनामा यस वर्षको आयात करिब १५ गुणासम्म बढेको छ।

    उपभोक्ताले बजारमा सहज रूपमा ग्यास नपाएको गुनासो व्यापक भएपछि निगमले फागुन २८ गतेदेखि ‘आधा सिलिण्डर ग्यास’ बिक्री वितरण नीति लागू गरेको छ। अन्तर्राष्ट्रिय परिप्रेक्ष्यले नेपालको ग्यास आपूर्तिमा प्रभाव पारेको देखिन्छ। विशेषगरी अमेरिका–इजरायल र इरानबीचको तनाव का कारण कच्चा तेल र एलपीजी आपूर्ति शृंखलामा अवरोध सिर्जना हुँदा एसियाली बजारमा मूल्य र उपलब्धतामा दबाब परेको छ। यसको प्रत्यक्ष असर नेपालजस्ता आयातमा निर्भर मुलुकहरूमा परेको देखिन्छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार