Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

पदभार ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरे तीन निर्णय

पदभार ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरे तीन निर्णय

आर्थिक पत्र
शुक्रवार, चैत्र १३ २०८२
  • काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहण गर्दै मुख्य तीन निर्णय गरेका हुन् ।

    यी हुन् तीन निर्णय

    १. ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने ।

    २. उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने।

    ३. निजी उद्यम व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठुला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दै वृहत आर्थिक-कानूनी सुधारको मार्गचित्र बनाउने ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार