Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

बेकोको दशैं-तिहार लक्षित योजना सार्वजनिक

बेकोको दशैं-तिहार लक्षित योजना सार्वजनिक

आर्थिक पत्र
बिहिवार, भाद्र १६ २०७९
  • काठमाडौँ । इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको दशैं तिहार २०७९ लाई लक्षित गर्दै ‘बेकोसँग दशैं तिहार, भित्र्याउनुहोस् खुशी र उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।

    images

    हालै बजारमा आएको उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको सर्फ एक्स्सेल म्याटिक वाशिङ पाउडर उपहार पाईन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाईन्छ। 

    साथै बेको को रेफ्रिजीरेटरको खरिदमा इन्डक्सन कुकर उपहार पाईन्छ भने कूकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन)को खरिदमा प्रेसर कूकर र एअर कन्डिसनर को खरिदमा रु.४००० बराबरको फ्री इन्स्ट्लेसन पाईन्छ।

    उक्त योजना भाद्र १०, २०७९ देखि सिमित अवधिका लागि लागू गरिएको छ । बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । 

    सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार