Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

राजश्व चुहावट नियन्त्रणमा कडाइ गर्न अर्थमन्त्री वाग्लेले बोलाए उच्चस्तरीय बैठक

राजश्व चुहावट नियन्त्रणमा कडाइ गर्न अर्थमन्त्री वाग्लेले बोलाए उच्चस्तरीय बैठक

आर्थिक पत्र
बिहिवार, चैत्र १९ २०८२
  • काठमाडौं । राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालयले आज उच्चस्तरीय छलफल गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने उक्त बैठकमा गृहमन्त्री सुधन गुरुङसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र राजश्व प्रशासनसँग सम्बन्धित सचिवहरू सहभागी हुनेछन् ।

    बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूको पनि उपस्थिति रहनेछ भने राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा तथा विभागका प्रमुखहरू समेत सहभागी हुनेछन् ।

    राजश्व छली तथा चोरी पैठारी नियन्त्रण र कानुन कार्यान्वयनलाई कडाइका साथ अघि बढाउने विषयमा अर्थमन्त्री डा. वाग्लेले बैठकमा महत्वपूर्ण निर्देशन दिने कार्यक्रम रहेको छ ।

    बिहान ११ बजे सुरु हुने बैठक करिब एक घण्टाका लागि तय गरिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार