Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

शेयर बजार सुधारमा अर्थमन्त्री वाग्लेको सक्रिय पहल, सुधारका कदम चाल्न निर्देशन

शेयर बजार सुधारमा अर्थमन्त्री वाग्लेको सक्रिय पहल, सुधारका कदम चाल्न निर्देशन

आर्थिक पत्र
बिहिवार, चैत्र १९ २०८२
  • काठमाडौं । नयाँ सरकार गठन भएपछि लगातार घट्दै गएको शेयर बजारबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सक्रियता देखाएका छन्। बिहीबार अर्थ मन्त्रालयमा भएको छलफलमा उनले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का पदाधिकारीसँग पुँजी बजार सुधार र विकासका उपायबारे विस्तृत कुरा गरेका थिए।

    अर्थ मन्त्रालयमा भएको बैठकमा अर्थमन्त्री वाग्ले, राजस्व सचिव भूपाल बराल, धितोपत्र बोर्ड अध्यक्ष सन्तोनारायण श्रेष्ठ, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँ र अन्य सरोकारवाला पक्ष सहभागी थिए।

    अर्थमन्त्री वाग्लेले सरकार पुँजी बजार सुधार र विकासका लागि सकारात्मक रहेको स्पष्ट गर्दै आवश्यक अध्ययन गरी बजार सुधारका कार्यान्वयनका कदम चाल्न सबै सरोकारवालालाई निर्देशन दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार