Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सार्वजनिक निकायमा नियुक्त भएकालाई राजीनामा दिन सभापति लामिछानेको आग्रह

सार्वजनिक निकायमा नियुक्त भएकालाई राजीनामा दिन सभापति लामिछानेको आग्रह

आर्थिक पत्र
बिहिवार, चैत्र १९ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले सार्वजनिक पदमा नियुक्त लिएका पदाधिकारीहरूलाई राजीनामा दिन आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । 

    उनले सभालाई सम्बोधन गर्दै भने, 'हिजोको सरकारबाट सार्वजनिक पदमा नियुक्त हुनुभएका सबै जनाले बाटो खालि गरेर सहयोग गरिदिनु हुन् म आग्रह गर्दछु ।’

    रास्वपाले करिब दुई तिहाइ जनमत पाएसँगै सार्वजनिक पदमा नियुक्त भएका पदाधिकारीहरूलाई हटाउने हल्ला चलेको थियो । सोही हल्लालाई बल पुग्ने गरी बिहीबारको सभामा उनले यस्तो आग्रह गरेका हुन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार