Logo

Oct 28 2026

Oct 28 2026 | २०८३ कार्तिक १२ गते

images

फेसबुकमा नक्कली खाता खोली ९० लाख ठगी, ५० वर्षीया महिला पक्राउ

फेसबुकमा नक्कली खाता खोली ९० लाख ठगी, ५० वर्षीया महिला पक्राउ

आर्थिक पत्र
शुक्रवार, चैत्र २० २०८२
  • काठमाडौं । फेसबुकमा नक्कली खाता खोली च्याटमा कुराकानी गरी ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्ने व्यक्ति लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भएकी ५० वर्षीया वनकुमारी गुरुङ हुन्।

    images

    गुरुङले फेसबुकमा नक्कली खाता खोली पीडितसँग च्याटमा कुराकानी गरेकी थिइन्। आकर्षक तलब र सुविधा दिई जापान पठाइदिने भनी चार जनालाई व्यक्तिगत कागजातसमेत पठाउन लगाएकी र विभिन्न बैंक खातामा पटक–पटक गरी जम्मा गर्न लगाएर कुल ९० लाख रुपैयाँ ठगी गरेकी थिइन्।

    उक्त व्यक्तिलाई बुधबार पक्राउ गरी बिहीबार ठगीसम्बन्धी आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार