Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

दुई परियोजनाका लागि सरकारले २८ अर्ब रुपैयाँ बराबरको ऋण लिने

दुई परियोजनाका लागि सरकारले २८ अर्ब रुपैयाँ बराबरको ऋण लिने

आर्थिक पत्र
आइतवार, चैत्र २२ २०८२
  • काठमाडौं । सरकारले २८ अर्ब रुपैयाँ बराबरको ऋण लिने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दुई परियोजनाका सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय लिएको हो ।

    अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिनेछ ।

    त्यस्तै, दीगो र समावेशी वित्त परियोजनाका लागि कुल ९५ मिलियन डलरको सहुलियतपूर्ण ऋण सुविधा समेत स्वीकार गर्ने सरकारको निर्णय छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार