महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका सभापति अनिताकुमारी साहले वार्षिक प्रतिवेदन २०८२ पेस गरेकी छन् ।
जनकपुरधाममा प्रदेशसभा भवनमा आज आयोजित कार्यक्रममा समितिका सभापति साहले सो प्रतिवेदन प्रस्तुत गरेकी हुन् । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा समितिका सदस्यहरूको पनि सहभागिता रहेको थियो ।
प्रतिवेदनमा प्रदेशको आर्थिक अवस्था, बजेट कार्यान्वयनको प्रगति, योजना व्यवस्थापन तथा आगामी नीति तथा कार्यक्रमसम्बन्धी सुझावहरू समेटिएको छ ।
समितिले आर्थिक पारदर्शिता, विकास योजनाको प्रभावकारी कार्यान्वयन तथा राजस्व व्यवस्थापनमा सुधार आवश्यक रहेको औँल्याएको छ ।

