काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ।
सामान्यतया सोमबार र शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठक अन्य दिन बोलाइए आकस्मिक बैठकका रूपमा लिने प्रचलन छ। आजको बैठकमा केही महत्वपूर्ण नियुक्तिसम्बन्धी निर्णय हुने सम्भावना रहेको स्रोतले जनाएको छ।
बैठकमा आज राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको जनाइएको छ। यद्यपि मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे औपचारिक रूपमा केही खुलाइएको छैन।

