Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

शिक्षामन्त्री पोखरेलबाट फाप्ला क्रिकेट मैदानको अवलोकन, प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता

शिक्षामन्त्री पोखरेलबाट फाप्ला क्रिकेट मैदानको अवलोकन, प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता

आर्थिक पत्र
मंगलवार, चैत्र २४ २०८२
  • सुदूरपश्चिम। विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीमा निर्माणाधीन फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामको आज निरीक्षण गर्नुभएको छ।
     
    त्यस अवसरमा उनले आगामी दिनमा सरकारले आयोजनालाई विशेष प्राथमिकतामा राखेर बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्री पोखरेलले भने, “फाप्ला आयोजनाको जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) जस्ता प्राविधिक प्रक्रियाहरू सम्पन्न भइसकेका छन्। यो आयोजना राष्ट्रिय आयोजना बैङ्कमा समावेश भइसकेकाले अब सरकारले विशेष प्राथमिकतामा राखेर बजेट र कार्यान्वयनको पाटोलाई अगाडि बढाउनेछ।”
     
    निरीक्षणका क्रममा उक्त क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण समितिका अध्यक्ष सुवास शाहीले परियोजना निर्माणबारे जानकारी गराएका थिए। उनले निर्माण भएपछि समग्र देशको आर्थिक विकासका लागि ‘गेम चेन्जर’ परियोजना हुने भन्दै सरकारले प्राथमिकतामा राखेर काम गर्ने विश्वास व्यक्त गरे।
     
    धनगढी उपमहानगरपालिका–३ मा निर्माण भइरहेको परियोजनाको जग्गा प्राप्ति, डिपिआर, इआइए जस्ता प्राविधिक प्रक्रियाहरू गत असार महिनामा पूरा भई राष्ट्रिय आयोजना बैङ्कमा समावेश भइसकेको छ।
     
    निरीक्षण टोलीमा प्रतिनिधिसभाका सदस्य आनन्दबहादुर चन्द र केपी खनाललगायत सहभागी थिए।
     
    धनगढी क्रिकेट एकेडेमी (डिसिए)का अध्यक्षसमेत रहनुभएका निर्माण समितिका अध्यक्ष शाहीको नेतृत्वमा विगतमा धनगढीको फाप्ला मैदानमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि ‘ड्रिम फाप्ला’ अभियान अघि सारिएको थियो। खेलग्रामअन्तर्गत यहाँ अन्तरराष्ट्रिय मापदण्डअनुरुप ५० हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला चरणबद्ध रूपमा निर्माण गरिने लक्ष्य छ।
     
    यस्तै, रङ्गशालामा फुटबल मैदान, पौडी पोखरी, ट्र्याक एन्ड फिल्ड, मल्टी स्पोटर््स हल, स्पोटर््स म्युजियमलगाएतका पूर्वाधारहरू समावेश गरिने छन्। आयोजनाको लागत रु २६ अर्ब अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार