Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता, आपसी सहयोग विस्तार गर्ने सहमति

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता, आपसी सहयोग विस्तार गर्ने सहमति

आर्थिक पत्र
बुधवार, चैत्र २५ २०८२
  • काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ। नेपालस्थित चिनियाँ राजदूतावासका अनुसार मन्त्री खनाल र राजदूतबीच मङ्गलबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो।

    भेटका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र व्यावहारिक सहयोगका विषयमा फलदायी छलफल भएको दूतावासले जनाएको छ। दुवै पक्षबीच आपसी सहयोगलाई थप सुदृढ बनाउँदै विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई तीव्रता दिने सहमति भएको छ।

    “हामीबीच नेपाल–चीन सम्बन्ध र व्यावहारिक सहयोगका विषयमा विचार आदानप्रदान भयो,” चिनियाँ दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेको छ, “आपसी सहयोगलाई मजबुत बनाउँदै द्विपक्षीय सहकार्यलाई तीव्रता दिने र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा हामी सहमत भएका छौँ।”

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार