Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

इन्धन महँगिएपछि सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धन महँगिएपछि सार्वजनिक यातायातको भाडा वृद्धि

आर्थिक पत्र
बुधवार, चैत्र २५ २०८२
  • काठमाडौं। सरकारले इन्धन मूल्यमा भएको उतारचढावका आधारमा सार्वजनिक यातायात तथा ढुवानी सेवाको भाडा बढाएको छ।

    नयाँ समायोजनअनुसार यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ भने मालवाहक सवारीतर्फ पहाडी मार्गमा २१.६८ प्रतिशत र तराई मार्गमा १५.७५ प्रतिशतले भाडा बढाइएको छ।

    यातायात व्यवस्था विभागका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर लागू गर्ने प्रक्रिया अघि बढाइएको हो। विभागले चाँडै आधिकारिक वेबसाइटमार्फत विस्तृत भाडादर सार्वजनिक गर्ने जनाएको छ।

    भाडा समायोजनको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि र सञ्चालन लागत बढ्नु रहेको बताइएको छ। यातायात व्यवसायीहरूले लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए।

    नयाँ दर लागू भएसँगै सर्वसाधारणको दैनिक आवागमन खर्च बढ्ने र ढुवानी लागत बढ्दा बजारमा उपभोग्य वस्तुको मूल्यमा समेत दबाब पर्न सक्ने देखिएको छ।

    यस्तो छ भाडा वृद्धिदर

    - सार्वजनिक यातायात : १६.७१% वृद्धि
    - पहाडी क्षेत्र (ढुवानी) : २१.६८% वृद्धि
    - तराई क्षेत्र (ढुवानी) : १५.७५% वृद्धि

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार