Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

कृष्णहरि बुढाथोकी अर्थ समितिको सभापति नियुक्त

कृष्णहरि बुढाथोकी अर्थ समितिको सभापति नियुक्त

आर्थिक पत्र
बिहिवार, बैशाख ३ २०८३
  • काठमाडौं– रामेछापबाट निर्वाचित सांसद डा. कृष्णहरि बुढाथोकीलाई प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको सभापतिको जिम्मेवारी दिइएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले बुढाथोकीलाई उक्त समितिको नेतृत्वमा चयन गर्ने निर्णय गरेको हो।

    अर्थशास्त्रमा विद्यावारिधि गरेका बुढाथोकी आर्थिक नीति अनुसन्धानको क्षेत्रमा विगत दुई दशकदेखि सक्रिय छन्। पार्टीभित्र उनी अर्थसम्बन्धी विषयमा दक्ष र जानकार व्यक्तिका रूपमा चिनिन्छन्।

    पार्टीका अर्का अर्थविद् नेता स्वर्णिम वाग्लेपछिको पुस्तामा बुढाथोकीलाई प्रमुख अर्थनीतिज्ञका रूपमा हेरिने गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार