Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाल-स्लोभेनिया व्यापार र लगानी विस्तारमा जोड

नेपाल-स्लोभेनिया व्यापार र लगानी विस्तारमा जोड

आर्थिक पत्र
सोमवार, बैशाख ७ २०८३
  • काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि स्लोभेनियाका आवासीय राजदूत टोमाज मेन्सिङबीच भेटवार्ता भएको छ। महासंघ सचिवालयमा भएको भेटमा दुई देशबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल भएको हो।

    भेटका क्रममा नेपाल र स्लोभेनियाबीच आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने आवश्यकता औंल्याइएको थियो। वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालमा पछिल्लो समय लगानीमैत्री वातावरण सुधार हुँदै गएको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

    उनले निजी क्षेत्रबीच ‘बिजनेस–टु–बिजनेस’ सहकार्य, व्यापार प्रवर्द्धन र संयुक्त प्लेटफर्ममार्फत सम्बन्ध विस्तार गर्न सकिने बताए। साथै, पछिल्लो समय नीतिगत सुधार र स्थायित्वले विदेशी लगानीका लागि सकारात्मक वातावरण बनेको उनको भनाइ थियो।

    राजदूत मेन्सिङले नेपाल र स्लोभेनियाबीच मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै आर्थिक साझेदारी विस्तार गर्न सकिने बताए। उनले प्रविधि हस्तान्तरण, नवप्रवर्तन र संयुक्त लगानीका क्षेत्रमा सहकार्य बढाउने सम्भावना औंल्याए।

    भेटमा नेपालका लागि स्लोभेनियाका अवैतनिक महावाणिज्यदूत हरिभक्त शर्माको पनि सहभागिता रहेको थियो। नेपाल र स्लोभेनियाबीच सन् १९९७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार