Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

आजको तरकारी तथा फलफूलको मूल्य

आजको तरकारी तथा फलफूलको मूल्य

आर्थिक पत्र
बुधवार, बैशाख ९ २०८३
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

    images

    समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३५ रुपैयाँ र गोलभेँडा सानो (भारतीय) ४० रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो २२ रुपैयाँ, आलु रातो (भारतीय) २३ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३४ रुपैयाँ कायम गरिएको छ ।
    यस्तै, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) २० रुपैयाँ, बन्दा (लोकल) ३५ रुपैयाँ, काउली (स्थानीय) ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ र भन्टा डल्लो ५० रुपैयाँ निर्धारण गरिएको छ ।

    त्यसैगरी, मटरकोसा प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (लोकल) १५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ३० रुपैयाँ, टाटे सिमी १२० रुपैयाँ, लौका १० रुपैयाँ, फर्सी पाकेको ५५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) २० रुपैयाँ, हरियो फर्सी (डल्लो) १५ रुपैयाँ, भिन्डी ३५ रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ र पिँडालु ४० रुपैयाँ तोकिएको छ ।

    समितिले रायोसाग प्रतिकिलो ५० रुपैयाँ, पालुङ्गो साग ९० रुपैयाँ, चमसुर ७० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज ६० रुपैयाँ निर्धारण गरेको छ ।

    यस्तै, बकूला प्रतिकिलो ६० रुपैयाँ, च्याउ (कन्य) १४० रुपैयाँ, च्याउ (डल्ले) ३०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, कुरीलो ३५० रुपैयाँ तोकिएको छ ।
    यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, अनार ३२० रुपैयाँ, अंगुर (हरियो) २२० रुपैयाँ, अंगुर (कालो) ३६० रुपैयाँ, तरबुजा (हरियो) ३५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २३० रुपैयाँ, काँक्रो (लोकल) ३० रुपैयाँ मेवा (नेपाली) ७० रुपैयाँ, आभोकाडो ६०० रुपैयाँ निर्धारण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार