Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

क्लासिक टेकप्रति ग्राहकको आकर्षण निरन्तर बढ्दै, नयाँ जडानमा अग्रस्थान कायम

क्लासिक टेकप्रति ग्राहकको आकर्षण निरन्तर बढ्दै, नयाँ जडानमा अग्रस्थान कायम

आर्थिक पत्र
बुधवार, बैशाख ३० २०८३
  • काठमाडौँ। नेपालमा इन्टरनेट सेवा प्रदायकहरूमध्ये क्लासिक टेकप्रति ग्राहकको आकर्षण निरन्तर बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कम्पनीले फागुन र चैत महिनामा नयाँ ग्राहक थप्ने क्रममा अग्रस्थान कायम गरेको देखिएको छ ।

    images

    तथ्यांकअनुसार २०८२ फागुनमा क्लासिक टेकका कुल ग्राहक संख्या २ लाख ७९ हजार ८४८ रहेकोमा चैत महिनासम्म बढेर २ लाख ८३ हजार ३७१ पुगेको छ । एक महिनामै ३ हजार ५२३ नयाँ ग्राहक थपिनु कम्पनीको उल्लेखनीय विस्तारका रूपमा देखिएको छ ।

    नयाँ जडान दरका आधारमा पनि क्लासिक टेकले अन्य सेवा प्रदायकहरूको तुलनामा राम्रो प्रदर्शन गरेको तथ्यांकले देखाएको छ । विशेषगरी सहुलियत मूल्यमा गुणस्तरीय सेवा, विविध इन्टरनेट प्याकेज र अत्याधुनिक वाइफाइ सिक्स राउटर उपलब्ध गराइनु ग्राहक आकर्षणको प्रमुख कारण भएको कम्पनीको दाबी छ ।

    कम्पनीले ५० एमबीपीएसदेखि ३०० एमबीपीएससम्मका ३ महिने तथा वार्षिक प्याकेजहरूमा वाइफाइ सिक्स राउटरसहित सेवा उपलब्ध गराउँदै आएको छ, जसले घरायसी तथा व्यावसायिक दुवै वर्गका ग्राहकलाई आकर्षित गरेको बताइएको छ ।

    यद्यपि, सेवा विस्तारसँगै प्राविधिक सेवा र ग्राहक समर्थन भने कम्पनीका लागि चुनौतीका रूपमा रहेको देखिन्छ । वर्षायाममा मौसमजन्य असर, फाइबर लाइन क्षति तथा अन्य प्राविधिक समस्याका कारण सेवा अवरोध हुने समस्या देखिए पनि कम्पनीले सेवा सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ ।

    क्लासिक टेकले पछिल्लो समय ग्राहक समर्थन तथा प्राविधिक सेवा सुधारका लागि विशेष अभियान सञ्चालन गरेको छ । कम्पनीका अनुसार नयाँ ग्राहक विस्तारसँगै विद्यमान ग्राहकलाई छिटो र प्रभावकारी सेवा उपलब्ध गराउनु मुख्य प्राथमिकता हो ।

    ग्राहक सहयोगका लागि घरायसी सेवामा ९८०२९२२३०४ र कर्पोरेट तथा अफिसियल सपोर्टका लागि ९८०२६२२३०३ मा सम्पर्क गर्न सकिने व्यवस्था छ । साथै, क्लासिक टेक मोबाइल एपमार्फत पनि सेवा सम्बन्धी समस्या दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार