Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

लगनखेल बसपार्कबाट नक्कली नोटसहित युवक पक्राउ, सबै नोटमा एउटै नम्बर

लगनखेल बसपार्कबाट नक्कली नोटसहित युवक पक्राउ, सबै नोटमा एउटै नम्बर

आर्थिक पत्र
आइतवार, जेठ १० २०८३
  • काठमाडौँ ।  ललितपुरको लगनखेलबाट प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका–१५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्दै आएका १९ वर्षीय सुरज राई रहेका छन् ।

    ललितपुर महानगरपालिका–१२ स्थित लगनखेल बसपार्क नजिक नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार राईको साथबाट ५ सय रुपैयाँ दरका १६ थान नक्कली नेपाली नोट बरामद गरिएको छ । बरामद गरिएका सबै नोटमा ‘ज/१३ ६८६४२७’ एउटै नम्बर उल्लेख रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले नक्कली नोट कारोबारमा अन्य व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने आशंकामा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार