Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

आर्थिक पत्र
बिहिवार, जेठ १४ २०८३
  • काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ११ हजार ५०२ राजस्व दाखिला भएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०२ जनालाई कारबाही गरिएको हो ।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४६, निषेधित क्षेत्रमा हर्न बजाउने १०३, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ११२, एकतर्फी सडकमा सवारी चलाउने ८५ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२३ जनालाई कारबाही गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार