Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोलामा ९५ करोड लगानी सुनिश्चित

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोलामा ९५ करोड लगानी सुनिश्चित

आर्थिक पत्र
आइतवार, जेठ १७ २०८३
  • काठमाडौं । एनआईसी एशिया बैंकको नेतृत्वमा रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकास्थित ७.२९ मेगावाट क्षमताको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी सुनिश्चित भएको छ।

    बैंक र रसुवा हाइड्रोपावर लिमिटेडबीच आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। विशेष कार्यक्रमबीच सम्पन्न सम्झौतामा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल तथा रसुवा हाइड्रोपावर लिमिटेडका अध्यक्ष दीपक थापाले हस्ताक्षर गरेका छन्।

    बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधीकरण गर्ने रणनीतिअनुसार जलविद्युत क्षेत्रमा लगानी विस्तार गर्दै आएको जनाएको छ। सोही रणनीतिअन्तर्गत फलाखु खोला जलविद्युत आयोजनामा लगानी सुनिश्चित गरिएको बैंकको भनाइ छ।

    नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादन लक्ष्यलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको उक्त आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाबाट वार्षिक करिब ३८.७४ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ।

    बैंकका अनुसार आयोजना सम्पन्न भएपछि स्वच्छ ऊर्जा उत्पादन बढ्नुका साथै मुलुकको आर्थिक वृद्धि र वातावरणीय संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार