Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

आर्थिक पत्र
मंगलवार, जेठ १९ २०८३
  • काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ५ हजार ५ सय कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

    यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत वैशाख २१ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि ८५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । उक्त सेयरको बाँडफाँट सम्पन्न भएपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्न लागिएको कम्पनीले जनाएको छ ।

    सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा आवेदन दिने म्याद छिटोमा असार २ गतेसम्म रहनेछ भने आवश्यक परेमा ढिलोमा असार ११ गतेसम्म बिक्री खुला रहनेछ ।

    कम्पनीलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपाल ले ‘केयर एनपी डबल बी इस्युयर रेटिङ’ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आईपीओ आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार