Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आर्थिक पत्र
मंगलवार, जेठ १९ २०८३
  • काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्रार्हस्थ्य उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताउका छन्।

    images

    नेपाल आर्थिक पत्रकार सङ्घले बजेटपछिको अन्तरक्रिया कार्यक्रमा अर्थमन्त्री वाग्लेले पाँच वर्षको समयावधिलाई दृष्टिगत गरी बजेट ल्याइएको बताउँदै आगामी वर्ष करिब १६ खर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको बताए।

    उनले प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन ७४ खर्बका आधारमा सात प्रतिशतको आर्थिक वृद्धि कायम गर्न सकिने विचार व्यक्त गरे।

    कुल गार्हस्थ्य उत्पादनको तुलनामा ऋण ४३ प्रतिशत बढी धेरै नहुने बताउँदै अर्थमन्त्री वाग्लेले आगामी वर्षको बजेटमा पुराना कार्यक्रमको दायित्व रहेको त्यसलाई सरकारले निरन्तरता दिने जानकारी दिए।

    अर्थमन्त्री वाग्लेले विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)बाट सरकार पछाडि नहट्ने बताउँदै अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिए।

    मन्त्री वाग्लेले आयमा आधारित करभन्दा उपभोगमा आधारित कर प्रभावकारी हुने तथा उपलब्धि हासिल गर्न सकिने भएकाले त्यसतर्फ कार्यक्रम अगाडि बढाइएको प्रस्ट पारे।

    नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशक गुरु पौडेलले वैदेशिक मुद्रा सञ्चितिको आधार विप्रेषण रहेको बताउँदै यसलाई दिगो बनाउन स्वदेशी वस्तु उत्पादन तथा निर्यातमा जोड दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार