काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलामा ४०० रूपैयाँले बढेर ३ लाख ११ हजार ३०० रुपैयाँ पुगेको छ ।
हिजो सोमबार एक तोला सुनको मूल्य ३ लाख १० हजार ९०० रुपैयाँ थियो । चाँदीको भाउ तोलाको ५० रूपैयाँले बढेर ५ हजार ४०५ रुपैयाँ पुगेको छ ।

