Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनएमबि बैंकको ३ अर्बको अग्राधिकार सेयर नेप्सेमा सूचीकृत, बुधबारदेखि कारोबार सुरु

एनएमबि बैंकको ३ अर्बको अग्राधिकार सेयर नेप्सेमा सूचीकृत, बुधबारदेखि कारोबार सुरु

आर्थिक पत्र
मंगलवार, जेठ १९ २०८३
  • काठमाडौं । एनएमबि बैंकको ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

    बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता ‘अविमोच्य अञ्चिति अग्राधिकार सेयर’ सूचीकृत गरेको हो। उक्त सेयरमा वार्षिक ८.२५ प्रतिशत लाभांश दर तोकिएको छ, जुन मुनाफा भएको वर्षमा मात्र वितरण गरिने व्यवस्था रहेको छ।

    नेप्सेका अनुसार सूचीकृत सेयरको कारोबार बुधबारदेखि सुरु हुनेछ। तर यो अग्राधिकार सेयरको खरिद–बिक्री संस्थागत लगानीकर्ताबीच मात्र हुने व्यवस्था गरिएको छ। सर्वसाधारण तथा सामूहिक लगानी कोषले यसमा कारोबार गर्न पाउने छैनन्।

    यस सूचीकृतसँगै बैंकको पुँजी संरचना अझ व्यवस्थित हुने र संस्थागत लगानी बजारमा थप स्थायित्व आउने अपेक्षा गरिएको छ।

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार