Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड

आर्थिक पत्र
बुधवार, जेठ २० २०८३
  • काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख १७ गतेदेखि वैशाख ३१ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड गरेको छ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका कुल २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकोमा ८ लाख ६० हजार कित्ता आयोजना प्रभावितलाई निष्काशन गरेको थियो।

    त्यसमध्ये ३ लाख ४४ हजार अति प्रभावित सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ र २ का स्थानीय बासिन्दाहरूका लागि र बाँकी ५ लाख १६ हजार कित्ता प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका १ र २ बाहेक अन्य वडाहरूका स्थायी बासिन्दामा निष्काशन गरिएको थियो।

    धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडले आज जेठ २० गते बिहान ९ बजे आईपीओ बाँडफाँड गरेको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार