Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अप्पर स्याँङ्गे हाइड्रोपावरको लकइन अवधि सकिंदै

अप्पर स्याँङ्गे हाइड्रोपावरको लकइन अवधि सकिंदै

आर्थिक पत्र
बुधवार, जेठ २० २०८३
  • काठमाडौं । अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडको संस्थापक, आयोजना प्रभावित र कर्मचारीको १५ लाख ६३ हजार कित्ता शेयरको लकइन अवधि असार २१ गतेबाट समाप्त हुने भएको छ।

    कम्पनीको संस्थापकतर्फको १३ लाख ३० हजार कित्ता, आयोजना प्रभावितको २ लाख २० हजार कित्ता र कम्पनीमा कार्यरत कर्मचारीतर्फको १३ हजार कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।

    आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार