Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ७० अर्ब रुपैयाँ तानिने

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ७० अर्ब रुपैयाँ तानिने

आर्थिक पत्र
शुक्रवार, जेठ २२ २०८३
  • काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता लगातार बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ७० अर्ब रुपैयाँ खिच्ने भएको छ। वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत रकम तान्न लागेको हो।

    राष्ट्र बैंकका अनुसार उक्त रकम संकलनका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ। बैंक तथा वित्तीय संस्थाहरूले प्रतिस्पर्धात्मक ब्याजदर प्रस्ताव गर्दै बोलकबोलमा सहभागी हुन सक्नेछन्।

    निक्षेप राख्न इच्छुक संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। अधिकतम रकम भने ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमको सीमाभित्र रहनेछ।

    केन्द्रीय बैंकले बोलकबोल ब्याजदरका आधारमा निक्षेप संकलन गर्ने जनाएको छ। साथै, एउटै संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी प्रस्ताव पेश गर्न सक्ने व्यवस्था पनि गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई मात्र सहभागी हुन अनुमति दिइएको छ।

    राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन उपकरणको अवधि ७७ दिन रहनेछ। उक्त अवधिको साँवा तथा ब्याज आगामी भदौ ५ गते एकमुष्ट भुक्तानी गरिनेछ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार