Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट, चाँदी भने महँगियो

नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट, चाँदी भने महँगियो

आर्थिक पत्र
सोमवार, जेठ २५ २०८३
  • काठमाडौं। नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

    नेपाल सुन-चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ। यसको विपरीत चाँदीको मूल्यमा भने अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँको बढोत्तरी देखिएको छ।

    मूल्यमा आएको यो गिरावट्सँगै आज सोमबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि साताको पहिलो दिन आइतबारको बजारमा सुन प्रतितोला ३ लाख ८०० रुपैयाँको उच्च विन्दुमा कारोबार भएको थियो।

    त्यस्तै, सुनको मूल्य घट्दा चाँदीको भाउ भने केही बढेर आज प्रतितोला ४ हजार ९०५ रुपैयाँ पुगेको छ र सोही मूल्यमा यसको खरिदबिक्री भइरहेको छ। आइतबारको बजारमा चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार