Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम भने बढ्यो

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम भने बढ्यो

आर्थिक पत्र
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ। पछिल्ला तीन कारोबार दिनदेखि जारी गिरावट यस दिन पनि निरन्तर रहँदा बजार दबाबमै देखिएको हो।

    मंगलबार नेप्से १.५४ अंकले घटेर २७३३.५९ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्ससहित अन्य उपसूचकहरू पनि सामान्य रूपमा घटेका छन्।

    १३ उपसमूहहरूमध्ये ४ उपसमूह बढेका छन् भने ९ घटेका छन्। होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहमा सामान्य सुधार देखिँदा वित्त उपसमूह सर्वाधिक १.०१ प्रतिशतले घटेको छ।

    तर बजार घटे पनि कारोबार रकम भने बढेको छ। सोमबार ४ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा यस दिन ३५७ कम्पनीका १ करोड २३ लाखभन्दा बढी कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार ६ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

    यस दिन दुई कम्पनी सोपान फर्मास्यूटिकल्स र कालिञ्चोक हाइड्रोपावर सकारात्मक सर्किट लेभलमा कारोबार भए। सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर करिब ११ प्रतिशतले बढ्दा उपकार लघुवित्तको मूल्य साढे ७ प्रतिशतभन्दा बढी उकालो लागेको छ। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर भने ९.१६ प्रतिशतले घटेर सर्वाधिक गिरावटमा रह्यो।

    कारोबार रकमका आधारमा कृषि विकास बैंकको एग्रीकल्चर बन्ड शीर्ष स्थानमा रह्यो, जसको ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यस्तै सेन्ट्रल फाइनान्सको करिब ३६ करोड रुपैयाँ र एनबिबिएल डिबेञ्चर २०८५ को ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार