Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि

विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि

आर्थिक पत्र
बुधवार, जेठ २७ २०८३
  • काठमाडौं। चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले रु १९ खर्ब १६ अर्ब ९० करोड बराबरको विप्रेसण पठाएका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह ४१ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३ दशमलव तीन प्रतिशतले बढेको थियो। गत वैशाख महिनामा विप्रेषण आप्रवाह रु दुई खर्ब ५७ अर्ब ४९ करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ६५ अर्ब ३० करोड रहेको थियो।

    समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव ६ प्रतिशतले बढेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार