काठमाडौं । नेपाल फाइनान्स लिमिटेड ले ६ लाख ३२ हजार ९७१ कित्ता संस्थापक शेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। इच्छुक व्यक्ति तथा संस्थाले न्यूनतम १ हजार कित्तादेखि आवेदन दिन सक्नेछन्।
प्रति कित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ भने बोलपत्र असार १२ गतेसम्म प्रभु क्यापिटल तथा तोकिएका शाखा कार्यालय मार्फत पेश गर्न सकिनेछ।

