Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

विश्वकै ठूलो आईपिओबाट ट्रिलियनर बने एलन मस्क, स्पेशएक्सको बजार पुँजिकरण १७.७ खर्ब नाघ्यो

विश्वकै ठूलो आईपिओबाट ट्रिलियनर बने एलन मस्क, स्पेशएक्सको बजार पुँजिकरण १७.७ खर्ब नाघ्यो

आर्थिक पत्र
आइतवार, जेठ ३१ २०८३
  • काठमाडौं । स्पेश एक्सको आईपिओ जारी प्रक्रिया पुराभएसँगै विश्वकै पहिलो ट्रिलियनियर बन्न सफल भएका एलन मस्क । विश्वकै प्रतिष्ठित प्रविधि उद्यमी एलन मस्क कागजी रूपमा संसारकै पहिलो ‘ट्रिलियनियर’ बन्न सफल भएका छन् । मस्कको नेतृत्वमा रहेको अन्तरिक्ष प्रविधि कम्पनी ‘स्पेसएक्स’ सर्वसाधारणका लागि आईपिओ जारी गरेर स्टक मार्केटमा सूचिकरण भएसँगै यसको मूल्याङ्कनमा आएको ऐतिहासिक उछालले यो नयाँ वित्तीय इतिहास रचेको हो ।

    यद्यपि यसलाई केहीले ओभर भ्यालुड गरिएको भन्ने आरोप समेत लगाएका छन् । कम्पनीको कूल बजार पुँजिकरण १.७७ ट्रिलियन रेकर्ड गरिएको छ । यद्यपि ब्लूम्बर्गले यसलाई ओभरभ्यालुड गरिएको भन्दै समाचार प्रकाशित गरेको छ । नाफामा नभएको कम्पनीको शेयर मूल्य आकासिएसँगै यसलाई आलोचनात्मक कोणबाट हेरिएको छ ।

    स्पेसएक्सको प्राथमिक सेयर निष्कासनका कारण सो मूल्याङ्कन सम्भव भएको हो । उक्त आईपीओ मार्फत कम्पनीले बजारबाट करिब ७५ अर्ब डलर संकलन गरेको छ, जसले स्पेसएक्सलाई इतिहासकै सबैभन्दा मूल्यवान् निजी–उत्पत्तिका कम्पनीहरूको शीर्ष स्थानमा उभ्याएको छ ।

    गत शुक्रबार अमेरिकी स्टक मार्केट नास्दाक स्टक एक्सचेन्जमा स्पेश एक्सको शेयर सूचिकरण गरिएको थियो । प्रतिशेयर १३५ डलर मूल्य तोकेर आह्वान गरिएको आईपिओमा माग भन्दा तीन गुणा बढि ओभर सब्स्क्राईब भएको थियो । स्पेश एक्सले ५५ करोड ५५ लाख ५५ हजार ५५५ कित्ता शेयर सर्वसाधारणलाई बिक्री विरतण गरेको हो । सो मध्ये ३० प्रतिशत सर्वसाधारणलाई कोटा निर्धारण गरिएको थियो भने बाँकी ७० प्रतिशत ठूला औद्योगिक प्रतिष्ठानलाई छुट्याइएको थियो ।

    रोचक कुरा के छ भने स्पेशएक्स नाफामा गएको कम्पनी होइन । अमेरिकी धितोपत्र बोर्डका एसईसीमा पेश गरिएको कागजात अनुसार हालको नाफालाई हेरेर कम्पनीमा लगानी गरिएको होइन कि बरु भविष्य हेरेर उक्त कम्पनीको आईपिओ जारी गरिएको हो । कम्पनीले भुउपग्रह प्रक्षेपणमा गरेको लगानीका कारण कम्पनीको ठूलो खर्च धान्न निकै महंगो मूल्य चुकाउनु परिरहेको छ ।

    हिलो दिनमै कम्पनीको शेयर १३५ डलरबाट बढेर १५० डलर पुगिसकेको छ । उक्त कम्पनीको शेयर अझै बढ्ने विश्वास गरिएको छ । एलन मस्कसँग स्पेश एक्सको ४२ प्रतिशत शेयर रहेको छ । उनले आईपिओबाट ७५ अर्ब डलर रुपैयाँ संकलन गरेका थिए । तर, आईपिओ परेकाहरुले एकै दिन मालामाल बनेका छन् । १३५ डलरमा किनेको आईपिओ १५०.९५ डलर पुगेसँगै उनीहरु मालामाल बनेका हुन् ।

    यससँगै स्पेशएक्समा ट्रम्पको कूल शेयरको बजार मूल्य ८०० बिलियन अर्थात नेपाली रुपैयाँ ११०० खर्बभन्दा बढि हुन पुगेको छ । मस्कको टेस्ला कम्पनीमा करिब २९० बिलियन लगानी छ । सो सहित उनको कूलय सम्पत्ति ११०० बिलियन पुगेको हो ।

    कतिपयले उनको यो छलाङलाई मस्कोनोमी नाम दिएका छन् । स्टारलिङ्क स्याटेलाईटमा आधारित इन्टरनेट सेवा प्रवाह गरेर मस्कले विश्वलाई चकित तुल्याईदिएका छन् । अहिले विश्वमा दुई तरिकाले इन्टरनेटको प्रवाह भइरहेको छ । पहिलो समुन्द्रमुनी बिछ्याइएको अप्टिकल फाइबर हो भने दोस्रो मस्कको स्टारलिङ्क ।

    ब्लुम्बर्ग, रोयटर्ससहितका अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा तयार गरिएको सामग्री ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार