Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एशियन लाइफद्वारा ६ लाख २९ हजार रुपैयाँ बीमा दाबी भुक्तानी

एशियन लाइफद्वारा ६ लाख २९ हजार रुपैयाँ बीमा दाबी भुक्तानी

आर्थिक पत्र
मंगलवार, आषाढ २ २०८३
  • काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतक बीमितको परिवारलाई मृत्यु दाबीबापत ६ लाख २९ हजार ८२५ रुपैयाँ भुक्तानी गरेको छ।

    कम्पनीको सुर्खेत शाखाले लेखबेसी नगरपालिका–१०, सुर्खेत निवासी स्वर्गीय धनकुमारी तारुङ्गको परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो। मृत्यु दाबीबापतको रकम स्व. तारुङ्गकी छोरी सलिना तारुङ्गलाई एक कार्यक्रमबीच प्रदान गरिएको कम्पनीले जनाएको छ।

    ४१ वर्षीया धनकुमारी तारुङ्गले आफ्नो जीवनकालमा ५ लाख रुपैयाँ बराबरको जीवन बीमा गरेका थिए। उनले लगातार ६ वर्षसम्म वार्षिक बीमा शुल्क भुक्तानी गरेको कम्पनीले जनाएको छ। मृगौला सम्बन्धी रोगका कारण उनको २०८२ फागुन १९ गते निधन भएको थियो। त्यसपछि कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको हो।

    दाबी रकम हस्तान्तरण कार्यक्रममा एशियन लाइफका कर्णाली प्रदेश प्रमुख वीरबहादुर भण्डारी, मार्केटिङ अफिसर निर्मला पाठक, ऋषीबहादुर थापा मगर, सिनियर एजेन्सी म्यानेजर लोकप्रसाद ढकाल, एजेन्सी म्यानेजर पद्माकुमारी थापा तथा एजेन्सी म्यानेजर तीर्थबहादुर थापालगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा मृतकका परिवारजन, छिमेकी तथा स्थानीयवासीको पनि सहभागिता रहेको थियो।

    कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भण्डारीले एशियन लाइफले कर्णाली प्रदेशका ग्रामीण क्षेत्रसम्म पुगेर मृत्यु दाबी, शिक्षा खर्चलगायतका विभिन्न बीमा सेवा घरदैलोमै प्रदान गर्दै आएको बताए। उनले बीमा सेवाको पहुँच विस्तार गर्दै सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता रहेको उल्लेख गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार