Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

वाइवाइको ब्रान्ड एम्बासडरमा पर्वतारोही पूर्णिमा श्रेष्ठ नियुक्त

वाइवाइको ब्रान्ड एम्बासडरमा पर्वतारोही पूर्णिमा श्रेष्ठ नियुक्त

आर्थिक पत्र
मंगलवार, भाद्र २१ २०७९
  • काठमाडौं । चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रीन्कस्को ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।नेपालको पर्यटन प्रवर्द्धनमा भूमिका खेल्दै आएको चौधरी ग्रुपले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने उद्देश्यका साथ ब्रान्ड एम्बासडर नियुक्त गरेको हो ।

    images

    आइतबार आयोजित एक समारोहबिच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आरोही श्रेष्ठलाई ब्रान्ड एम्बासडर नियुक्त गरेका हुन् ।यसअघि सगरमाथासहित नेपालको आठ हजार मिटरभन्दा माथि उचाईका ७ ओटा हिमालहरु चढिसकेकी श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदै छन् । सो कार्यका लागि श्रेष्ठ सोमबार नै गन्तब्य स्थलतिर लागिसकेकी छिन् ।

    सो कार्यक्रममा प्रबन्ध निर्देशक चौधरीले श्रेष्ठलाई वाइवाइको झन्डा प्रदान गरे जुन झन्डा श्रेष्ठले मनास्लु हिमालको चुचुरोमा पनि फहराइने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार