Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

बुटवलमा खुल्यो के.एफ.सी. र पिज्जा हट

बुटवलमा खुल्यो के.एफ.सी. र पिज्जा हट

आर्थिक पत्र
मंगलवार, भाद्र २१ २०७९
  • काठमाडौं।अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा चौधौ शाखा र पिज्जाहटले चौथो शाखा  बिस्तार गरेका छन् । बुटवल  उपमहानगरपालिका वडा नं ८, सुख्खानगर स्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरको छेउमा खोलिएको के.एफ.सी. रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ ।

    images

     यसै गरि विश्वमै सवै भन्दा स्वादिष्ट पिज्जा उपलब्ध गराउने ब्रान्डमा पिज्जाहट रेस्टुरेन्ट मानिन्छ ।  यस आउटलेटमा के.एफ.सि.का बिभिन्न चिकेन परिकार जस्तै Hot and Crispy Chicken, Chicken Popcorn, Chicken Strips लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ । साथै विभिन्न शाकाहरी तथा विदेशी स्वादका पिज्जाको समेत मजा लिन सकिनेछ ।

    के.एफ.सी र पिज्जाहट दुवै रेस्टुरेन्टले आफ्ना गा्रहकका लागी विभिन्न स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड १९ को रोकथामकालागी  विश्व स्तरिय सुरक्षा नीति समेत अवलम्बन गरको छन् । जसका लागी ५ प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दुरी, कन्ट्याटलेस सेवा र शत प्रतिसत खोप लगाएका कर्मचारी सहितका मापदण्डलाई अनिवार्य गरिएको छ ।

     रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ  के.एफ.सी. तथा पिज्जाहटका कर्मचारीहरुले हरेक गा्रहकलाई सेवा दिए पश्चात आफ्ना हात र झोला  निर्मलिकरण गर्ने गर्दछन्। 

    हरेक गा्रहक बिच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरामा आउने ग्राहक र सेवामा रहेका कर्मचारी बिच समाजिक दुरी कायम राख्न स्टिकर लागयत समानको प्रयोग गरि अझ ब्यवस्थित गरिएको छ । दुवै रेटुरेन्टले हाल विहान १० बजे बाट रातको  १० बजे सम्म डाइन–इन र टेक अवे  मार्फत सेवा दिइरहेको छ। 

     साथै भोज डिल मार्फत डेलिभरी सेवा मार्फत घरै बसेर विश्वस्तरिय परिकारको मज्जा लिन सकिनेछ । 

    दुवै रेस्टुराहरु देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.ले सञ्चालमा ल्याएको हो । कम्पनीले रेष्टुरा मार्फत २६ जना स्थानिय कर्मचारीलाई प्रत्यक्ष रोजगार दिएको छ 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार