Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

इन्धन मूल्य घटेपछि काठमाडौंका अधिकांश निजी पेट्रोल पम्प बन्द

इन्धन मूल्य घटेपछि काठमाडौंका अधिकांश निजी पेट्रोल पम्प बन्द

आर्थिक पत्र
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बुधबार बन्द भएका छन्।

    निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ मूल्य घटाउने निर्णय मंगलबार रातिदेखि लागू गरेपछि पुरानो मौज्दातबाट घाटा हुने भन्दै धेरै निजी पेट्रोल पम्पहरूले इन्धन बिक्री रोकेका हुन्।

    मूल्य समायोजनपछि पम्पहरू बन्द हुँदा उपत्यकाका विभिन्न स्थानमा इन्धन भर्न पुगेका सर्वसाधारण सेवा नपाएर फर्किन बाध्य भएका छन्।

    निगमले नयाँ मूल्य संरचना लागू गरेसँगै बजारमा आपूर्ति व्यवस्थापन र मौज्दात व्यवस्थापनसम्बन्धी असर देखिन थालेको व्यवसायीहरूले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार