Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ट्राफिक कारवाहीबाट एकैदिन १८ लाख जरिवाना संकलन

ट्राफिक कारवाहीबाट एकैदिन १८ लाख जरिवाना संकलन

आर्थिक पत्र
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौं । असार १७ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म काठमाडौं उपत्यकामा गरिएको २४ घण्टे ट्राफिक कारवाहीमा १ हजार ७२१ चालक परेका छन् भने उनीहरूबाट १७ लाख ८७ हजार ५२५ रुपैयाँ जरिवाना संकलन भएको छ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौंका अनुसार मापसेमा ३१ जना, राइड शेयरिङमा ८७ जना, रातो बत्तीमा ७० जना, तीव्र गतिमा ६५ जना, लेनमा ८३ जना, कालो सिसामा ४ जना, नो हर्नमा ५५ जना, वन वेमा ४२ जना र अन्य ट्राफिक नियम उल्लंघन गर्ने १ हजार २८४ जना सवारी चालक कारवाहीमा परेका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार