Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सरकारी निकायमा नयाँ करार नियुक्तिमा रोक

सरकारी निकायमा नयाँ करार नियुक्तिमा रोक

आर्थिक पत्र
शुक्रवार, श्रावण १ २०८३
  • काठमाडौँ । सरकारले अब सरकारी निकायमा नयाँ व्यक्तिलाई करारमा नियुक्त गर्न नपाइने निर्णय गरेको छ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै सरकारी निकायमा परिपत्र जारी गर्दै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो।

    परिपत्रअनुसार नयाँ स्थापना भएका वा रिक्त रहेका दरबन्दीमा नयाँ व्यक्तिलाई करारमा नियुक्त गर्न पाइने छैन। कर्मचारी अभाव भएका स्थानमा काम गराउनुपर्ने अवस्था आएमा पुलमा रहेका करारका कर्मचारीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत माग गरी करार सम्झौता गरेर खटाउनुपर्ने व्यवस्था गरिएको छ।

    त्यस्तै, विभिन्न मन्त्रालयअन्तर्गत एकीकरण वा खारेजीको प्रक्रियामा रहेका निकायका हकमा उक्त प्रक्रिया सम्पन्न नभएसम्म सम्पत्ति संरक्षण, सुरक्षा तथा दायित्व हस्तान्तरणका लागि आवश्यक न्यूनतम जनशक्ति हाल कार्यरत करारका कर्मचारीमध्येबाटै यकिन गरी काममा लगाइने निर्णय पनि सरकारले गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार