Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

उपत्यकामा २४ घण्टामा १४ सय बढी चालक कारबाहीमा, मापसेदेखि तीव्रगतिसम्मका नियम उल्लंघन

उपत्यकामा २४ घण्टामा १४ सय बढी चालक कारबाहीमा, मापसेदेखि तीव्रगतिसम्मका नियम उल्लंघन

आर्थिक पत्र
बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ४ सय ५८ जना सवारी चालक कारबाहीमा परेका छन्। उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा चलाएको विशेष चेकिङका क्रममा उनीहरूलाई कारबाही गरिएको हो।

    बिहीबार बिहानसम्मको विवरण अनुसार ट्राफिक नियम विपरित सवारी चलाउने विभिन्न कसुरका चालकहरू कारबाहीमा परेका हुन्। जसमध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने (मापसे) ५२ जना चालकलाई कारबाही गरिएको छ। त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १ सय ४८ जना, लेन अनुशासन पालना नगर्ने ९१ जना र रातोबत्तीको संकेत उल्लङ्घन गर्ने ५६ जना चालक कारबाहीमा परेका छन्।

    यसैगरी, सवारीसाधनको अवस्था ठीक नराख्ने ५० जना, निषेध गरिएको क्षेत्रमा हर्न बजाउने ४४ जना, एकतर्फी बाटोमा सवारीसाधन कुदाउने ४० जना र यान्त्रिक अवस्था दुरुस्त नभएका ३५ जना चालकलाई पनि कारबाहीको दायरामा ल्याइएको छ। यी बाहेक अन्य विभिन्न कसुरमा ट्राफिक नियम तोड्ने ९ सय ४२ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

    सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक सुरक्षालाई प्रभावकारी बनाउन उपत्यकामा ट्राफिक जाँचलाई कडाइ गरिएको छ। प्रहरीले चालकहरूलाई सडक अनुशासनको पूर्ण पालना गर्न र लापरबाहीपूर्वक सवारी नचलाउन आग्रह गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार